Ekikaran Nepal

गोरखा जिल्ला गोरखा नगरपालिका ०२ कोखे ताप्लेमा स्थायि बसोबास गर्ने मात्रा रानाकी छोरी मनिका राना जम्मा ११ बर्षकी छिन् । सानै उमेरमा पिता गुमाएकी मनिका राना कक्षा छ मा पढ्दा पढ्दै अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा बे्रन ट्युमर देखा परेको थियो । ब्रेन ट्युमरको अपरेशन पश्चात् दुबै आँखा गुमाएकी मनिका जीन्दगीमा हरेश खाँदै आँखाको ज्योति गुमाएको मान्छे पढेर केहि हुदैन भनि पढाई छोडेकी रहिछन् ।


लक्जम्वर सरकारको सहयोगतथा ह्युम्यानीटी एण्ड् इन्क्लुजनको साझेदारीमा एकिकरण नेपाल गोरखाले ब्ऋछ परियोजना अन्तरगत घरघरमा अपाङ्गता पहिचान गर्ने क्रममा मनिकाको घरमा गईएको थियो । मनिकाको परिवारसँगको छलफलको क्रममा उनी दृष्टिबिहिन भएको दुइ बर्ष भएता पनि कार्ड नबनेको र गो.न.पा.को वडा कार्यालयमा अपाङ्गता परिचय पत्रका लागि सिफारिस बनाउन जाँदा अपाङ्गता परिचय बनाउने अधिकार वडा सचिवलाई नभएको र गोरखामा जान पनि धरै झन्झटिलो छ भनेपछि निराश भई घर फर्केको रहिछन् । यस परियोजना संचालनको क्रममा ब्ऋछ टीमले वडा कार्यालयमा गई मनिकाको अपाङ्गता परिचय पत्र बनाउनका लागि वडा सचिबसँगको समन्वायात्मक छलफल पश्चात्, मनिकालाइ भोलि पठाइदिनु म सिफारिस दिन्छु भन्नु भयो । भोलिपल्ट एकिकरण नेपाल गोरखाको समन्वयमा वडाको सिफारिस सहित मनिका, मनिकाको ममी मात्रा तथा उनको ठुलो बाबा गोरखा जिल्ला अस्पतालआई आबश्यक चेकजाँच पश्चात् गो.न.पा.को सामाजिक बिकास शाखामा गरे पछि मनिका रानाले क बर्गको कार्ड पाउन सफल भइन् ।
अपाङ्गता परिचयपत्र पाएपछि मनिकाले अधिकार पाएको महसुुस गरेकी छिन् । म एक बे्रन ट्युमर तथा दुबै आँखा गुमाएको ब्यक्ति कहिले सम्म बाँच्छु र पढ्ने भन्ने सोचमा रहेकी मनिकालाई ब्ऋछ परियोजनाको निरन्तर सकारात्मक प्रयासवाट अहिले गोरखा नगरपालिका ८ को सरस्वती मा.वि. आहालेमा भर्ना भई ब्रेललिपिमा अध्ययनरत छिन् । ब्रेललिपिमा पोख्त भए पश्चात् उनलाई कक्षा छ बाट नै अध्ययनमा निरन्तरता गराउने सरस्वती मा.वि.का श्रोत शिक्षक श्याम भक्त कट्टेलले सोच्नु भएको छ । जीन्दगीमा केही गरेर देखाउने सकरात्मक सोचका साथ मनिकाले जीन्दगीको गोरेटो वदलेकी छिन् । मनिकालाई हाम्रो सधै माया छ ।