गोरखा जिल्ला गोरखा नगरपालिका ०७,बतासेमा स्थायि बसोबास गर्ने सृजनाकी एक मात्र छोरी सरिना कोइराला जन्मजात नै बौद्विक तथा शारीरिक अपाङ्गता छिन् । दलित वर्गकी उनी सा.सु भत्ता प्राप्त गनको लागि गो.न.पा.मा निबेदन दिन जाँदा अपाङ्गता परिचय पत्र बनाउन सचिबले सल्लाह दिए अनुसार क बर्गको अपाङ्गता परिचय पत्र बनाएर ल्याएको छु । चार चार महिनामा भत्ता त आँउछ तर बाबा बिदेशमा हुनुहुन्छ ।म पनि काममा जान्छु दिनभरि नानीलाइ एक्लै मोबाइल दिएर गित बजाएर छोडेर जानु पर्दछ उहाँको भनाइ थियो । परियोजनाको परार्मश र सहयोग पछि सृजनाले आफ्नो छोरीलाइ सहयोगी सामग्री लिईन, फिजियोथेरापी गराउन पाए अलि राम्रो हुने थियो म आफ्नो काम बाट फुर्सद निकालेर मेरी छोरीका लागि जत्ति बेला पनि समय निकाल्न सक्छु भन्दै परियोजना टिमलाई सहयोग गर्नु भन्नु भयो । र परियोजना टिमको प्रयासबाट पि.टि.युनिटमा रिफर गरियोे । सरिनाले स्वास्थ्य परामर्श पाउनुका साथै हिड्डुल गर्नका लागि सहज बनाउनका लागि वाकर पनि सहयोग भएको छ । वाकर नि शुल्क पाउदा दंग परेकी सृजना अहिले छोरी वाकरमा भित्र बाहिर गर्दा दाँया बाँयाका साथी तथा काकाकाकी सँग रमाउदा लाग्छ एकअर्का सँग घुलमिल हुन सक्ने बाताबरणको सृजना भएको छ । छोरीको खोसिएको खुसी भगवान सँग फिर्ता लिएको छु । फिर्ता ल्याउन सहयोग गर्ने संस्थालाइ नमन उहाँको भनाई छ ।
सहयोगी साम्रगीबाट फेरिएको बालापन