गोरखा जिल्ला गोरखा नगरपालिका ०९ ठिमुरेश्वाँरामा स्थायी बसोबास गर्ने सबिता बस्नेतको कान्छो छोरा सिमन बस्नेत हो । जन्मजात शारीरिक अपाङगता भएका उनको क बर्गको अपाङ्गता परिचय पत्र छ । अरुको साहारामा सम्म बाटो थोरै थारै हिड्ने सिमन पढ्न र लेख्न सारै चासो दिने रहेछन् । म स्कुल नगई कपाल काट्दिन भनि कपाल पालेका सिमनको आमालाइ कहाँ पढ्छ सिमन भनि सोध्दा म एकल महिलाले सधै बोकेर स्कुल लैजान सक्दिन, सधै ट्याक्सीमा स्कुल लाने मेरो आर्थिक अबस्था पनि छैन, बस्न सक्दैन, हिड्न सक्दैन, यस्तै समस्या बताउदै हुनुहुन्थ्यो ।
लक्जम्वर सरकारको सहयोग तथा ह्युम्यानीटी एण्ड् इन्क्लुजनको साझेदारीमा एकिकरण नेपाल गोरखाले ब्ऋछ परियोजना अन्तरगत घरघरमा अपाङ्गता पहिचान गर्ने क्रममा सिमनको घरमा गईएको थियो । सिमन र उनको आमाको कुरा सुनेपछि सिमनको पढ्ने चाहनाले हाम्रो मनको पनि घोचेको थियो र नजिकैको गोरखकाली प्रा.वि.मा गई त्यहाँको प्रधानाध्यापकसंग सिमन बस्नेत र उसको चाहानाको बारेमा छलफल गर्यौ । हेड सरलाई जानकारी गराउँदा शिक्षाबाट कोहि बन्चित हुनु हुदैन, सिमन सकेको दिन या उसको आमालाई फुर्सद भएको दिन स्कुल आँउछ, नसके घरमा नै बसेर पढ्छ परिक्षाको समयमा सिमनलाई स्कुल ल्याउन नसके पनि हाम्रो स्कुलबाट एक शिक्षक गएर परिक्षा लिउँला तर सिमनको पढ्न पाउने अधिकार हनन् हुन दिनुहुदैन उसको आमालाई भन्न र आजै बाबुलाई भर्ना गराउनु भन्नुभयो । सोही कुरा सिमनको आमालाई जानकारी पश्चात् तुरुन्तै आमा आउनुभयो र सिमन बस्नेतलाई कक्षा २ मा भर्ना गरियो । सिमनसंग पर्याप्त कितावकापी पनि थिएन । ब्ऋछ परियोजनाको शैक्षिक सामग्री सहयोगवाट बस्नेतलाई शैक्षिक सामाग्री सहयोग ग–यौ ।
स्कुलभर्ना एव् शैक्षिक सामाग्रीको सहयोगपछि सिमनले खुशी हुदै कपाल पनि काटेका छन् भने मिहिनेत गरेर पढेका पनि छन् । हाल उनको शैक्षिक क्षेत्रमा राम्रो प्रगती गरेको प्रधानाध्यापकले वताउनु भयो । सिमनको मिसनमा एकिकरण नेपाल सदैव साथमा रहने छ ।
मिसन वदल्दै सिमन